पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

देशभरि ९१ प्रतिशत धान रोपाइँ

न्युज डेक्स २७ साउन २०८२, मङ्गलवार

काठमाडौँ देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये २५ साउनसम्म १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भएको हो ।

गत वर्षको तुलनामा झन्डै ७.१९ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९८.०४ प्रतिशत रोपाइँ भएको छ भने लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको हो ।

यस्तै गण्डकी प्रदेशमा ९२.७७ प्रतिशत रोपाइँ हुँदा बागमती प्रदेशमा ९३.५६ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी मधेस प्रदेशमा सबैभन्दा कम ७६।५४ प्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत रोपाइँ भएको छ ।

गत वर्ष यही अवधिमा ९८.१९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मधेस सुक्खाग्रस्त भई समयमै धान रोप्न नसकिएका कारण उत्पादन घट्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु