पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

तीज गीत 'छमछम पाउजु खनखन चुरा' सार्वजनिक

न्युज डेक्स २७ साउन २०८२, मङ्गलवार

राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा तयार पारिएका तीन नयाँ गीत यही साउन १६ गते काठमाडौं को होटल शंकरमा एक भब्य विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ ।

तीजको रौनक, देशभक्ति भावना र नारी सशक्तिकरण झल्काउने गीत को शव्द गायक तथा गीतकार कपिल कसपाल ले लेखेका हुन् । छमछम पाउजु खनखन चुरा गीतमा आवाज टुना थापा र कपिल कसपालको रहेको छ भने सङीत बि बि अनुरागीको रहेको छ । गीतमा मोडल को रूपमा गायक कपिल र गयिका टुना थापा ले नै नृत्य मा रमाइलो ठुम्का लगाएका छन । गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युब मा हेर्न सकिनेछ ।  औपचारिक कार्यक्रम को सभापती राग रागिनी इन्टरटेन्मेन्ट का कार्यकरी अध्यक्ष कपिल कसपाल ले गरेका थिए ।

भएको थियो भने कार्यक्रम का प्रमुख अतिथि पुर्ब अर्थ मन्त्री तथा गीतकार एस. पि . कोइराला कार्यक्रम को संयोजन इन्जिनियर तथा सफल ब्यवसायी ध्रुब राज थापा ले गरेका थिए । उनले  इन्जिनियर क्षेत्र मार्फत समाज लाई पुर्याएकाे अतुलनीय योगदान को कदर गर्दै रागरागिनी ले बिशेष सम्मान पनि गरेको थियो । कार्यक्रम का विशेष अतिथि वरिष्ठ सङीतकार तथा प्राध्यापक दिपक जङम सहभागि थिए । `नेपाल को छोरा´ तथा `नेपाल को छोरी ´ गीतलाई पनि सार्बजनिक गरिएको थियो । यी दुई गीत लाई भने केही दिनपछी युटुब मा सार्बजनिक गरिने जानकारी गराइएको थियो । नेपाल को छोरा गीतमा शब्द तथा स्वर कपिल कसपाल को रहेको छ भने सङीत बरिस्ठ सङीतकार भुपेन्द्र रायामाझी को रहेको छ ।

नेपाल को छोरी गीतमा आवाज टुना थापा,शब्द कपिल कसपाल तथा सङीत भुपेन्द्र रायामाझी को रहेको छ । भिडियो को निर्देशन निशान एस के ले गरेका हुन् ।  गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युब मा केही दिन पछी हेर्न सकिनेछ ।  कपिल कसपालले यी तीनवटै गीतहरू आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ सिर्जना गरेको जनाएका छन् ।

कार्यक्रममा गीतसँग सम्बन्धित सम्पूर्ण श्रष्टालाई मायाको चिनोले सम्मान गरिएको थियो भने संगीत क्षेत्रका विशिष्ट व्यक्तित्व गायिका देबिका बन्दना, गीतकार सुबास चन्द्र ढुङेल,गीतकार बुद्ध वीर लामा,सङीतकार राजु सिंह ,सङीतकार किरण कडेल,गायक भिम तुलाधर ,अजर जङम,सुनिल उप्रेती ,गायिका बुनु श्रेष्ठ ,एन्जेला श्रेष्ठ ,रोजि श्रेष्ठ,वरिष्ठ रेडियो कर्मी हेम सुबेदि ,सुचित्रा श्रेष्ठ ,प्रीयन्का प्रसाईं,निर्माता गोपाल कर्माचार्य लगायत समाजका बिशिस्ट ब्यक्तित्व पत्रकार तथा विभिन्न क्षेत्रका सामाजिक क्षेत्र का अतिथिहरूको उपस्थिति रहेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी