पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

भक्तपुर क्यान्सर अस्पतालमा थपियो विभिन्न सेवाहरु

न्युज डेक्स २२ साउन २०८२, बिहिवार

हरेक बर्ष जुलाई २७ को दिन मनाइने विश्व टाउको तथा घाँटी क्यान्सर दिवस आज जनचेतना बढाउने उद्देश्यले विश्वभरी नै मनाइएको छ । यसै दिवसका अवसरमा भक्तपुर क्यान्सर अस्पतालले समयमा नै उपचार र समुदायमा सचेतना पैmलाउने मुख्य उद्देश्यले आज क्यान्सर विजेता, स्वास्थ्यकर्मीहरुको सहभागितामा एक विशेष कार्यत्रmमको आयोजना गर्नुका साथै आजैदेखि केही सेवाहरु थप गरेको छ । अस्पतालले आजैदेखि दन्त तथा मुख रोग विभाग, स्तन क्यान्सर उपचार गर्न छुट्टै वार्ड शुरु गरेको छ । यसै अवसरमा अस्पतालले यसै महिनाबाट मानसिक तथा मनोपरामर्श सेवा पनि शुरु गर्ने र जसले बिरामी र आफन्तका विक्षिप्त मनलाई आवश्यक सरसल्लाह दिएर सहजीकरण गर्नु हुने अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिए ।

यस्तै अस्पतालले प्लाष्टिक एण्ड रिकन्स्ट्रकटिभ सर्जरीको लागि सुष्मा कोइराला अस्पतालसँग सहकार्य गरेको छ । जसले जटिल किसिमका मुख, घाँटी, स्तन लगायतका अपरेसन गरेपछि शरीरको त्यो भागलाई पहिले जस्तो दुरुस्तै बनाउन सकिने अस्पतालले जनाएको छ । त्यस्तै अस्पतालले मुख जिब्रो र घाँटीको अपरेसन रेडियसनपछि खाना निल्न या बोल्नलाई असहजता हुने भएकाले सोको निराकरण गर्न स्पीच एण्ड स्वालोविङ्ग थेरापी समेत शुरु गरेको छ । यसैगरी आजदेखि नै भक्तपुर क्यान्सर अस्पतालले पहिलो पटक दन्त उपचार सेवा डेन्टल ओपीडी समेत शुरु गरेको छ ।

यसका लागि स्वास्थ्य मन्त्रालयले एमडीएस डाक्टर उपलब्ध गराईदिएको अस्पतालले जनाएको छ । नेपालमा टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ । यीमध्ये धेरैजसो क्यान्सर रोकथाम गर्न मिल्ने र शुरुमा पत्ता लागेमा उपचार सम्भव हुने खालका छन् । तर जनचेतना अभाव, सामाजिक लज्जा र ग्रामीण क्षेत्रमा उपचारको पहुँच सीमित हुँदा धेरै बिरामी ढिलो चरमा मात्र अस्पताल आउने गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले बताए । 

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। चालिसेले टाउको तथा घाँटी क्यान्सरविरुद्ध सबै सरोकारवालाहरु सरकार, स्वास्थ्यकर्मी, गैर सरकारी संस्था, सञ्चारमाध्यम सबैलाई आह्वान समेत गरे । उनले क्यान्सर विजेताहरु आपmूहरुको आशा भएको उल्लेख गर्दै सम्बोधनका क्रममा भने – ‘तपाईंहरुको जीतले हामी सबैलाई सिकाउँछ कि क्यान्सरको सामना सम्भव छ । तपाईंहरु केवल बिरामी होइन, आशाका प्रतिनिधि, चेतनाका दूत र परिवर्तनका अगुवा बन्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी