पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

नर्सहरूलाई परराष्ट्रमन्त्रीको आग्रह-विदेशको अनुभव बटुलेर फर्किनुस्

न्युज डेक्स २२ साउन २०८२, बिहिवार

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महाराजगञ्ज नर्सिङ क्याम्पसलाई गुणस्तर सुनिश्चितता एवं प्रत्यायन ९क्युएए० को प्रमाणपत्र नदिएकोप्रति चिन्ता व्यक्त गरेकी छिन्।​

आइतवार क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्युएएको महत्व आफूले राम्रोसँग बुझेको बताइन्। कुनै पनि साना कारण देखाइ व्यक्तिगत र राजनीतिक प्रतिशोध साँधेर शिक्षालयहरुलाई प्रमाणपत्र नदिनु दुःखको विषय भएको उनको भनाइ थियो।

क्याम्पसलाई की यि मापदण्ड पूरा गर् भन्नुपर्ने कि त क्युएए दिनुपर्ने मन्त्री राणाको भनाइ छ। नर्सहरूले जीवनकै स्याहार गर्ने भन्दै विदेशमा उज्वल भविष्यका लागि अध्ययन गर्न जाने तर उतै बस्ने नगरी अनुभव सिकेर स्वदेश फर्कि देश बनाउन उनले आव्हान गरिन्।

‘क्युएएको महत्व एउटा क्याम्पसलाई के हुन्छ भन्ने कुरा म राम्रोसँग बुझ्छु । कुनै पनि सानो सानो आफ्नो व्यक्तिगत रिसिइवि र राजनीतिक प्रतिशोधका कारण यत्रो क्याम्पसले क्युएए नपाउनु राम्रो कुरा होइन । उहाँहरूले कि यो यो मापदण्ड पूरा गर भन्न सक्नुपर्छ की त दिन सक्नुपर्छ । यहाँको विद्यार्थी नेपालभित्र मात्र नभइ नेपाल बाहिर पनि जानुभएको होला । ६ सय २८ पास भएकोमा ५ सय ७५ जना त विदेश नै जानुहुँदो रहेछ । कि त हामीले यहाँ नै त्यो अवसर दिनुपर्छ । नत्र भने तपाईंहरुको अझ राम्रो भविष्य बनाउने कुरा रोक्न सकिँदैन । त त्यहाँ गएर आफ्नो अनुभव बटुलेर फेरि नेपाल आउनुहोस् । नेपाललाई तपाईंहरुको आवश्यकता धेरै छ ।’

मन्त्री राणाले चिकित्सकले अप्रेसन गर्ने भए पनि नर्सले जीवनकै हेरचाह गर्ने बताइन्। उनले आफ्नो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सर्जरी गर्नमा प्रतिष्पर्धा नै जस्तो रहेको बताउँदै आफ्नो ९ वटा र प्रधानमन्त्री ओलीको १० वटा सर्जरी भएको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
50%
तटस्थ
50%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी