पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

न्युज डेक्स १० असोज २०८२, शुक्रवार

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ भागसम्म पुगेको छ । यसको प्रभाव रुसका प्रमुख बन्दरगाहहरूबाट इन्धन निर्यातमा समेत परेको छ ।

यसैबीच, रुसले डिजेल र पेट्रोलको निर्यातमा आंशिक कटौतीको घोषणा गरेको छ । कटौती यो वर्षको अन्त्यसम्म लागु हुने जनाइएको छ ।

उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बिहीबार यो घोषणा गरेका हुन् । नोभाकले भने, “हामी पेट्रोल निर्यातमाथिको कटौतीलाई वर्षको अन्त्यसम्म बढाउनेछौँ । साथै, डिजेल इन्धनका गैरउत्पादकका निम्ति निर्यातमाथि पनि प्रतिबन्ध लगाइनेछ । यसबाट घरेलु बजारमा पेट्रोलियम उत्पादनको आपूर्ति बढ्नेछ ।”

उनले देशमा तेल उत्पादनमा केही कमी आए पनि हालको भण्डारले माग धान्न सक्ने उल्लेख गरे ।

रुसको नियन्त्रणमा रहेको क्राइमियाका प्रमुख सर्गेई अक्स्योनोभले रिफाइनरी बन्द हुँदा इन्धन आपूर्तिमा समस्या देखिएको बताएका छन् । हिन्दुस्तान टाइम्सबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु