पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

हमासद्वारा 'विदाइका तस्बिर' भन्दै विपिन जोशीसहित ४८ जनाको फोटो सार्वजनिक

न्युज डेक्स ५ असोज २०८२, आइतवार

 काठमाडौं। विद्रोही समूह हमासले विदाईका तस्बिर नाम दिँदै बन्धक बनाइएका ४८ जनाको तस्बिर सार्वजनिक गरेको छ । जसमा नेपालका विपिन जोशीको तस्बिर समेत रहेको अलजजिराले उल्लेख गरेको छ । इजरायलले निरन्तर गाजा शहरमा आक्रमण तीव्र बनाएपछि हमासले तस्बिर सार्वजनिक गरेको बताएको छ । 

कसाम ब्रिगेडले तस्बिर आज सार्वजनिक गर्दै जिवित र मृतक भएका बन्धकको रोन आर्ड लेखिएको क्याप्ससहित तस्बिर छापेको उल्लेख छ ।  

हराएका ती क्याप्टेनको मृत्यु भएको बताएपनि अवस्था भने सार्वजनिक नगरिएकाले विरोध स्वरुप सो नाम तस्बिरसँगै राखिएको जनाइएको छ । हमासका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले निरन्तर युद्धविराम गरिएको आग्रह अस्वीकार गर्दै गाजामा नरसंहार नरोकेपछि तस्बिर सार्वजनिक गरिएको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इजरायल सरकारलाई चेतावनी दिन समेत ती तस्बिर सार्वजनिक गरिएको टिप्पणी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु