पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

नाइमा नेपाल मोबिलिटी एक्स्पो भृकुटीमण्डपमा शुरू

न्युज डेक्स २२ साउन २०८२, बिहिवार

काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ काठमाडौको भृकुटीमण्डपमा बुधबारदेखि शुरू भएको छ । 

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ट म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको एक्पोको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको छ । एक्स्पो उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नाइमाले स्थापनाको वर्ष नै राम्रो शो आयोजना गरेको र यसले आटोमोबाइल क्षेत्रलाई योगदान गर्ने बताउनुभयो । सरकारले देशभरका सडक पूर्वाधारलाई चौडा र फराकिलो बनाउने कामलाई तीव्रता दिएको तथा कनेक्टिभिटीलाई अभियानकै रूपमा लिएको उहाँको भनाइ छ ।

कार्यक्रममा नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले देशको आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिँदै आएकोले यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष वैद्यले यो क्षेत्रले सेवा क्षेत्रमा मात्रै ४ दशमलव ७ प्रतिशत रोजगारी सिर्जना गरेको बताउनुभयो । गुणस्तरीय सेवा, जनशक्ति विकास र शहरदेखि गाउँसम्म गाडी तथा सेवा पहुँच पु¥याउने दिशामा नाइमाले आउँदा दिनमा काम गर्ने उहाँको भनाइ छ । 

साउन २५ गतेसम्म चल्ने एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड राखिएको नाइमाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी