पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

सागर डिस्टिलरीको आइपीओ बाँडफाँट, यी माध्यमबाट हेर्न सकिन्छ नतिजा

न्युज डेक्स १२ असोज २०८२, आइतवार

काठमाडौं। सागर डिस्टिलरीको आइपीओ आज असोज १२ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको छ। आइपीओ बाँडफाँट कार्यक्रम आज बिहान राखिएको थियो।

सागर डिस्टिलरीको आइपीओ गत भदौ ३० गतेदेखि असोज ५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। कम्पनीले सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको थियो।

यो आइपीओमा कुल २२ लाख २७ हजार ५०३ आवेदकले शेयर माग गरेका थिए। जसमा २१ लाख ९३ हजार ८३२ आवेदकले माग गरेको शेयर सदर भएको छ। बाँकी ६६ हजार ३२० आवेदकले माग गरेको शेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख १९ हजार ६४ जनाले १० कित्ताका दरले शेयर पाएका छन्।

नतिजा हेर्नको लागि यो लिङ्कमा क्लिक गर्नुहोला।   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी