पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

सुरु गरियो तातोपानी भन्सार नाकाबाट दशैंका सामान आयात गर्न

न्युज डेक्स ७ असोज २०८२, मङ्गलवार

काठमाडौँ।  चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा आएसँगै दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन् । चीनतर्फबाट तातोपानी भन्सार यार्डमा र भन्सार यार्डबाट चीनतर्फ कन्टेनरहरु आउजाउ गर्ने क्रम जारी छ ।

पहिरोका कारण एक महिनासम्म बन्द भएको तातोपानी–बाह्रबिसे सडक सोमबारदेखि सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाउने काम आइतबार सकिए पनि ग्राभेल गरेर सोमबारदेखि सडकमा सवारी आवागमन सुरु गरिएको हो ।

डाक्लाङ क्षेत्रमा तीन वटा पहिरो, घट्टेखोलामा एउटा र कोदारी खण्डमा एउटा गरी पाँच ठाउँमा पहिरो खसेका थिए । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरिकोटले इलेक्ट्रो हाइड्रोको समेत सहयोगमा तीन वटा एस्काभेटर, ३ वटा लोडर, १३ वटा टिपर र ४० जना मजदुर खटाएको थियो । सडक डिभिजन कार्यालय चरिकोटले बीचबीचमा बाटो खुलाउने प्रयास गरे पनि पानी पर्नासाथ झर्ने पहिरोले पछिल्लो समय गत भदौ ८ गतेदेखि ठप्प भएको थियो । बाटो पूर्णरुपमा बन्द हुँदा स्थानीयको आउजाउसँगै चीन–नेपाल व्यापारसमेत प्रभावित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु