पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

ब्जी विश्वकपमा नेपाली टिमले जित्यो डेढ करोडभन्दा बढी पुरस्कार

न्युज डेक्स २२ साउन २०८२, बिहिवार

नेपालको पब्जी टिम होराले इ स्पोर्टस विश्वकप अन्तर्गत पब्जी मोबाइलमा नवौं स्थान प्राप्त गरेको छ । यो सफलता प्राप्त गरेसँगै होराले १ लाख २७ हजार ५ सय अमेरिकी डलर अर्थात एक करोड ७८ लाख रुपैयाँ पुरस्कार जित्यो ।

पब्जी मोबाइलको विश्वकप भने म्यानमारको वाइजी इ स्पोर्टसले जितेको छ। साउदी अरेबियामा जारी विश्वकपमा होराले समग्रमा १८ खेलमा एक सय अंक जोडेको हो। अन्तिम दिन होरोले चिकन डिनर जितेको थियो । 

होराले ग्रुप स्टेजमा २७ हजार ५ सय, सर्भाइबल स्जेजमा २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौं स्थानमा रहँदा ६० हजार डलर पुरस्कार हात पारेको हो । होरा लिगल चरणमा शीर्ष आठ भित्र परेको थिएन । सर्भाइल स्टेजमा प्रतिस्पर्धा गरेको होराले यो स्टेजमा जित हात पारेर फाइनलमा स्थान बनाएको थियो। सर्भाइभल स्टेजमा शीर्ष आठमा रहने टिम फाइनल पुग्ने नियम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी