पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

वेस्ट इन्डिजसँगको टी–२० क्रिकेट शृङ्खला पाकिस्तानले जित्यो

न्युज डेक्स २२ साउन २०८२, बिहिवार

वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानले तेश्रो तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिजलाई हराएको छ । योसँगै पाकिस्तानले तीन खेलको टी–२० शृङ्खला २–१ ले जित्यो । पाकिस्तानले वेस्ट इन्डिजलाई १३ रनले हराएको हो ।

पाकिस्तानले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले छ विकेट गुमाएर एक सय ७६ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका एलिक एथेनाजे ६० र शेर्फेन रदरफोर्डले ५१ रन बनाए । पाकिस्तानका हसन अली, मोहम्मद नवाज, हरिस रउफ, साइम अयुब र सुफियान मुकीमले समान एक विकेट लिए ।

त्यसअघि लाउडरहिलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले चार विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । पाकिस्तानका साहिबजादा फरहान ७४ र सैम अयुबले ६६ रन बनाए । वेस्ट इन्डिजका जेसन होल्डर, रोस्टन चेस र शमर जोसेफले समान एक विकेट लिए ।

वेस्ट इन्डिज र पाकिस्तानबीच तीन खेलको एकदिवसीय श्रृंखला आउँदो शुक्रवार अर्थात् अगस्ट ९ तारिखदेखि शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी