पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने तयारी

न्युज डेक्स ६ असोज २०८२, सोमवार

काठमाडौं। वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० आई खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्ततः संयुक्त अरब इमिरेट्स (यूएई) सरकारबाट भिसा पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार आइतबार दिउँसो भिसा प्राप्त भएपछि टोली सोमबार यूएईतर्फ प्रस्थान गर्ने निश्चित भएको छ।

 

शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म हुने तीन खेलको सिरिजका लागि क्यानले टोली घोषणा गरिसकेको थियो। तर, जेन–जी आन्दोलनका कारण नेपालमा देखिएको व्यापक विध्वंशपछि यूएई सरकारले केही समय नेपाली नागरिकलाई भिसा दिन रोकेको थियो। यसले टोलीको प्रस्थानमा अन्योल सिर्जना गरेको थियो।

 

शुक्रबार प्रस्थान गर्ने तयारी भएको टोली भिसा रोकिएपछि केहि दिन नेपालमै अल्झिएको थियो। तर, अब समस्या समाधान भएपछि टोलीले समयमै यूएई पुगेर खेलमा ध्यान केन्द्रित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी