पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

एएफसी यू २० महिला एसियन कप छनोट : नेपालले भुटानसँग खेल्दै

न्युज डेक्स २१ साउन २०८२, बुधवार

काठमाडौं । आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू २० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ । समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र भुटान दुवै सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू २० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा सहजै हराएको नेपालको मनोबल उच्च हुनेछ । 
 भुटानलाई भने घरेलु मैदान र दर्शकको साथ हुनेछ ।

मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफ यू २० र एएफसी यू २० एसियन कप छनोट फरक किसिमको प्रतियोगिता भएको बताए । साथै उनले घरेलु टोली भुटानलाई कमजोर टिमको रुपमा समेत नलिने बताए । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई दुवै खेलमा सहजै पराजित गरेको थियो । ‘साफ र एएफसी छनोट खेल्नु फरक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी