पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो
अपडेट

रोल्वालिङ क्षेत्रमा हिमपहिरो : ५ विदेशीसहित ७ जनाको मृत्यु (अपडेट)

न्युज डेक्स १७ कार्तिक २०८२, सोमवार

काठमाडौँ । दोलखाको  गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा  रोल्वालिङ हिमशृङ्खला आरोहणका लागि गएका ५ विदेशीसहित ७ जनाको मृत्यु भएको छ । 

सशस्त्र प्रहरीका अनुसार रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान गएको हिम पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो ।

हिमपहिराेमा परेर ७ जनाको मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले सोमबार साँझ पुष्टि गरे । मृतककाे सनाखत भइनसकेकाे उनले बताए । 

सो घटनामा ५ जना घाइते भएको समेत उनले बताएका छन् । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु