पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

पिकअप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सनाखत हुन बाँकी

न्युज डेक्स २१ जेठ २०८३, बिहिवार

काठमाडौं, २१ जेठ । रोल्पाको माडी गाउँपालिका–२, व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको हो। मृतकको पहिचान भने हालसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

“घटनास्थलमा पुगेको हाम्रो टोलीले एक महिला र दुई पुरुषको मृत्यु भएको पुष्टि गरेको छ, उनीहरूको सनाखत हुन बाँकी छ,” इन्सपेक्टर श्रेष्ठले  बताए। उनका अनुसार दुर्घटनामा परेको गाडीको नम्बर पनि अझै पहिचान हुन सकेको छैन।

प्रहरीका अनुसार पिकअप गाडी सडकबाट करिब ४ देखि ५ सय मिटर तल खसेको थियो। दुर्घटनाको जानकारी बिहान करिब ९ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु