पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, ४६ हजार ६८१ लगानीकर्ताले पाए १०–१० कित्ता

न्युज डेक्स ६ माघ २०८२, मङ्गलवार

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड ले पुस २१ गतेदेखि पुस २४ गतेसम्म निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) को बाँडफाँट आज बिहान सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमवि क्यापिटलका अनुसार एफपीओमा सहभागी ४६ हजार ६ सय ८१ जना लगानीकर्ताले १०–१० कित्ता शेयर प्राप्त गरेका छन् भने तीमध्ये ७ जनाले थप १–१ कित्ता शेयरसमेत पाएका छन्।

लगानीकर्ताले एफपीओको नतिजा बिक्री प्रबन्धक एनएमवि क्यापिटल, मेरोसेयर एकाउन्ट तथा सीडीएस एन्ड क्लियरिङले सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सक्नेछन्। यसका साथै कम्पनीको आधिकारिक वेबसाइटबाट पनि नतिजा सार्वजनिक गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी