पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

बैंकहरुबाट ४० अर्ब प्रशोचण गर्दै नेपाल राष्ट्र बैंक

न्युज डेक्स २२ साउन २०८२, बिहिवार

२१ श्रावण। नेपाल राष्ट्र बैंकले आज ४० अर्ब प्रशोचण गर्दै छ । तरलतामा बृद्धी भएपछि तरलता ब्यवस्थापनकालागि राष्ट्रबैंकले सो रकम प्रशोचण गर्न लागेको हो ।
निक्षेप संकलन उपकरण मार्फत  बोलबोबलबाट सो रकम बैंंङ्किङ प्रणालीबाट झिक्न लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बोल कबोल कालागि ३ बजे सम्मको समय निर्धारण गरिएको छ । सो रकम ३५ दिनकालागि झिक्न लागिएको हो । 
३ बजेसम्म अनलाइन मार्फत बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंक ले सूचना मार्फत जानकारी दिएको छ ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी