काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय निरन्तर मूल्य बढिरहेको सुनको मूल्य आइतबार झन् ऐतिहासिक रेकर्डमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आज नेपाली बजारमा सुन प्रतितोला २ लाख १२ हजार पुगेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार सुन २ लाख १० हजार ४०० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार २ हजार ४९० रुपैयाँ रहेको चाँदीमा आइतबार १० रुपैयाँ बढेसँगै २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि ऐतिहासिक हो ।