पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च : सुन तोलाको दुई लाख २३ हजार नाघ्यो

न्युज डेक्स १२ असोज २०८२, आइतवार

काठमाडौँ। सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ तोलाको दुई लाख २३ हजार नाघेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुनको भाउ तोलाको दुई लाख २२ हजार पाँच सय रहेको थियो ।

यसअघि सुनको उच्च भाउ गएको बुधवार तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ तोलाको दुई हजार आठ सय १० रुपैयाँ पुगेर रेकर्ड बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी