पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

देशभर थपिए १ लाख ३६ हजार नयाँ मतदाता

न्युज डेक्स २१ कार्तिक २०८२, शुक्रवार

काठमाडौं। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जारी मतदाता नामावली संकलनमा हालसम्म १ लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ। केवल आज मात्रै ११ हजार १ सय ९७ जनाले आफ्नो नाम दर्ता गराएका छन्।

आयोगका अनुसार नयाँ मतदातामध्ये ८१ हजार ८६४ पुरुष, ५४ हजार १७८ महिला र १८ जनाले तेस्रो लिङ्गबाट नाम दर्ता गराएका छन्। जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेपछि आयोगले अध्यादेशमार्फत मतदाता नामावली दर्ता पुनः खोलेको हो।

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा गई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ। नामावली संकलन कात्तिक ३० सम्म जारी रहनेछ।

यस प्रक्रियामा नयाँ मतदातासँगै, विवाह तथा बसाइँसराइँका कारण क्षेत्र परिवर्तन गर्न चाहने मतदाताले ‘ठाउँसारी’ गर्न सक्नेछन्। नामावलीमा भएका त्रुटिहरू पनि यही अवधिमा सच्याउन सकिने आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु