पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

खाजाघरमार्फत यौनधन्दा चलाएको आरोपमा दुई पक्राउ

न्युज डेक्स १९ चैत २०८२, बिहिवार

१९ चैत, काठमाडौं । खाजाघरको आवरणमा अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ की ३७ वर्षीया सुकुमाया तामाङ र इन्द्रावती–४ का ३१ वर्षीय प्रमोद तामाङ रहेका छन्। उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सुकुमायाले मनमैजुस्थित ‘अशोक खाजाघर’ र प्रमोदले सञ्चालन गरेको ‘मञ्जुश्री घर’ मार्फत यौनधन्दा सञ्चालन गर्दै आएका थिए। भाडा माझ्ने तथा सरसफाइको काम दिने भन्दै मासिक ७ देखि १५ हजार रुपैयाँ तलबको प्रलोभन देखाएर युवतीहरूलाई काममा राखी यौनधन्दामा लगाइएको आरोप छ।

दुवैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको ब्यूरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु