पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

नवनिर्वाचित सांसदहरूले लिए पद तथा गोपनीयताको शपथ

न्युज डेक्स १२ चैत २०८२, बिहिवार

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई शपथ दिलाएका हुन्।

यसअघि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथ कार्यक्रममा सांसदहरू विभिन्न परम्परागत पोशाकमा सहभागी भएका थिए भने केहीले आफ्नो मातृभाषामा समेत शपथ लिएका थिए।

शपथलगत्तै प्रत्येक सांसदहरूले संघीय संसद् सचिवालयले एक एक वटा झोला पनि उपलब्ध गराएको छ । उक्त झोलामा संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक संचालन नियमावली राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु