पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

प्रहरीको ट्रयाक सुट लगाएर हिँड्दै गरेका युवक पक्राउ, खानतलासी गर्दा लुटिएको सामान भेटियो

न्युज डेक्स २३ कार्तिक २०८२, आइतवार

काडमाडौं : जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएका सामानसहित युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीको ट्रयाक सुट लगाएर हिँडिरहेको अवस्थामा अछामको मल्लेक गाउँपालिका– ७ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १२ कपन बस्ने २२ वर्षीय अमृत साउँदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

उनको कोठा खानतलासी गर्ने क्रममा भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनबाट लुटिएको सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको साथबाट कम्प्युटर, सीपीयू, प्रिन्टर मेसिन, बर्सादी, बुट र तरबार बरामद गरिएको छ। 

लाई अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु