पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

धरौटीमा रिहा भए निकोलस भुसाल

न्युज डेक्स २६ कार्तिक २०८२, बुधवार

काठमाडौं । समाजको शान्ति सुरक्षा भाँड्ने गरी अभिव्यक्ति दिएको आरोपमा कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलश भुसाल रिहा भएका छन् ।

उनलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । सोमबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले भुसाललाई धरौटी लिएर वा साधारण तारेखमा रिहा गर्न आवश्यक प्रक्रिया मिलाउनु भनि आदेश जारी गरेको थियो ।

भुसाललाई प्रहरीले गोरखाको रानीबनमा रहेको सरस्वती आश्रमबाट कात्तिक १८ गते पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । भुसालले कात्तिक १३ गते संवाद डबलीको कार्यक्रममा प्रहरीसहित राष्ट्रका महत्वपूर्ण निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए । यसरी पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रताविपरीत भएको भन्दै भुसाल रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको थियो ।

भुसालको बयान समेत भइसकेको स्थितिमा थुनामै राखी अनुसन्धान गर्नु पर्ने अवस्था नदेखिएको भन्दै अदालतले रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाएपछि भुसाललाई परिवारको जिम्मा लगाएर छाडिएको हो । यसअघि पनि पक्राउ पर्दा भने भुसालले लागुऔषध खाएको पाइएपछि प्रहरीले सुधार केन्द्र लैजाने सर्तमा परिवारको जिम्मा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु