दोलखा, कार्तिक २८ - दोलखाको शैलुङ - कालापानी क्षेत्रमा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। शैलुङ घुमेर काठमाडौं फर्किदै गरेको वाग्मती प्रदेश ०१-००२ ज ६२०८ नम्बरको माइक्रोबस बेलुका ४ बजे तिर दुर्घटना हुदाँ बसमा १६ जना सवार मध्ये काठमाडौ चन्द्रागिरी वस्दै आएका ६० वर्षिया एकमाया अर्यालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बसमा सवार मध्ये चालकसहित १४ जान घाइते भएका छन्। जसमध्ये मृतक अर्यालका अन्दाजी ३२ वर्षिया सन्जित अर्याल समेत गम्भीर घाइते भएका छन्। अहिले केही घाइतेहरुलाई सदावहार अस्पताल खाडिचौर र वाघखोर स्वास्थ्य अस्पताल लगिएको छ।
मृतक अर्यालको शव हाल शैलुङ अस्पतालमा रहेको छ।