काठमाडौँ। आज दिउँसो दोलखाबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका - ७ पाँचकिलो स्थित सडक खण्डमा दोलखाबाट काठमाडौँ आउँदै गरेको बा.प्र.०३-००१ ख २५२१ नम्बरको बस यात्रुवाहक दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक प्रवक्ता माधव राज खरेलका अनुसार बस आफै अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाई दुर्घटना हुँदा चालक सहित २० जना यात्रुहरु घाईते भएका छन्।
अहिले घाइतेहरूलाई उपचारको लागि सिन्धुसदाबहार अस्पताल खाडिचौर पठाईएको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।