पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

दोलखामा जेठाजुको खुकुरी र ढुंगा प्रहारबाट बुहारीको मृत्यु

न्युज डेक्स २ फागुन २०८२, शनिवार

दोलखा। कालिञ्चोक गाउँपालिका–५ बन्देथलीमा आज घरेलु हातहतियार प्रयोग गरी भएको आक्रमणमा एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखा का अनुसार ५१ वर्षीया देउमाया थामीमाथि उनका जेठाजु ६८ वर्षीया चन्द्रबहादुर थामीले सामान्य भनाभनको क्रममा खुकुरी र ढुंगाले प्रहार गरेका थिए।

आक्रमणबाट गम्भीर घाइते बनेकी देउमाया थामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि फरार भएका चन्द्रबहादुर थामीलाई कालिन्चोक–६ लेप्टुङस्थित अधेरीखोला खोल्चाबाट पक्राउ गरिएको हो।

पक्राउ परेका थामीको साथबाट घटनामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
100%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी