पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी

न्युज डेक्स १५ मंसिर २०८२, सोमवार

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक पटक स्थगित हुँदै आएको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

आजको बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

 

सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, रमेश लेखक लगायतको छलफलपछि महाधिवेशन कार्यतालिका ल्याउने तयारी भएको हो ।

 

सभापति देउवासँगको छलफलपछि आगामी पुस २७ देखि ३० सम्म महाधिवेशन गर्ने गरी तालिका ल्याउने र तत्काल प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालिएको हो ।  गत असोज २८ गते सुरु भएको केन्द्रीय समिति बैठक टुंगोमा पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी