पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

एमाले महाधिवेशन : जम्मा २२२७ मत खस्यो, तीन घण्टाभित्र परिणाम आउने

न्युज डेक्स ३ पुष २०८२, बिहिवार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । केहीबेरअघि मात्र सम्पन्न मतदानमा मजम्मा दुई हजार २२२७ मत खसेको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा ३६ जना भने मतदानमा अनुस्थित भएको जानकारी केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले दिएका छन् । उनका अनुसार महाधिवेशनमा जम्मा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए ।

मतगणना भने सुरु भइसकेको र तीनघण्टाभित्र परिणाम आउने जानकारी समेत उपाध्यक्ष पोखरेलले दिएका छन् । उनले भने, “मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ”, “मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।”

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा छ भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे प्रतिस्पर्धामा छन् ।

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएर विहीबार बिहान ७ बजे सकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी