पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

प्रधानन्यायाधीशसँग समय नमिल्दा कांग्रेस पूर्व सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित

न्युज डेक्स १५ माघ २०८२, बिहिवार

१५ माघ, काठमाडौं। नेपाली कांग्रेसका पूर्व सांसदहरूको सर्वोच्च अदालत जाने कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेटघाटका लागि समय नमिलेकाले आज (बिहीबार) तय गरिएको कार्यक्रम रोकिएको हो।

कांग्रेसले एक सूचना जारी गर्दै ‘विशेष कारण’का कारण कार्यक्रम स्थगित भएको जनाएको छ। सूचनामा भनिएको छ, “डेलिगेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणवश उक्त कार्यक्रम स्थगित गरिएको जानकारी गराइन्छ।”

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेका अनुसार प्रधानन्यायाधीश राउतको सचिवालयबाट फोन आएर आजका लागि तय गरिएको भेटघाट तत्कालका लागि स्थगित भएको जानकारी दिइएको हो।

यसअघि घिमिरेको नेतृत्वमा रहेको टोली बिहान १०:३० बजे सर्वोच्च अदालत जाने कार्यक्रम थियो। कांग्रेसका ६५ जना पूर्व सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन्। तर, ती रिटमाथि सर्वोच्च अदालतले अहिलेसम्म सुनुवाइ सुरु गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी