संखुवासभा केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ।
संखुवासभा जिल्लाको रिताक आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ः३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का बिहान महसुस गरिएको भए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
यसअघि गत माघ २७ गते ताप्लेजुङ जिल्लाको कञ्चनजङ्घा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो भने माघ २८ गते लमजुङ जिल्लाको बन्सार क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूगर्भीय रूपमा सक्रिय नेपाल हिमाली क्षेत्रभित्र पर्ने भएकाले यहाँ विभिन्न समयमा भूकम्प जाने गरेको विज्ञहरूले बताएका छन्।