काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो मतदान स्थल कुन हो र त्यो कहाँ पर्छ भन्नेमा धेरै मतदातालाई अन्योल हुन सक्छ । तर अब सजिलै दुईवटा माध्यम प्रयोग गरेर आफ्नो मतदान केन्द्र र त्यसको लोकेसन थाहा पाउन सकिन्छ ।
यसका लागि पहिलो माध्यम नागरिक एप र दोस्रो निर्वाचन आयोगको आधिकारिक वेबसाइट हो ।
यदि तपाईंले नागरिक एपमा अकाउन्ट बनाइसक्नुभएको छ भने एपबाटै आफ्नो मतदान स्थलको जानकारी हेर्न सक्नुहुन्छ । अकाउन्ट नभएकाले पनि निर्वाचन आयोगको वेबसाइट प्रयोग गरेर आफूले भोट हाल्ने स्थान सहजै पत्ता लगाउन सक्छन् ।
सबैभन्दा पहिले नागरिक एप खोल्नुहोस् ।
त्यसपछि मतदाता परिचय–पत्र (Voter ID) को विकल्प छान्नुहोस् ।
पछि ‘नक्सामा मतदान केन्द्र हेर्नुहोस् (View Polling Center in Map)’ मा क्लिक गर्नुहोस् ।
यसपछि तपाईंको मतदान स्थलको लोकेसन म्यापमा को–अर्डिनेटसहित देखिन्छ ।
गुगल म्याप्समा मतदान स्थलको नाम नदेखिए पनि, एपले सटीक स्थान देखाइदिन्छ ।
सबैभन्दा पहिले निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा गएर ‘मतदाता नामावली’ पेज खोल्नुहोस् ।
त्यसपछि आफ्नो
प्रदेश, जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नम्बर र मतदान केन्द्र छनोट गर्नुहोस् ।
त्यहाँ आफ्नो नाम भएको यकिन भएपछि, देखाइएको स्थानलाई विभिन्न म्याप एपमा राखेर लोकेसन हेर्न सक्नुहुन्छ ।
तर व्यवहारिक रूपमा सबैभन्दा सजिलो र प्रभावकारी तरिका भने नागरिक एपकै म्याप फिचर प्रयोग गर्नु हो ।
यो जानकारी विशेषगरी काठमाडौं लगायत देशभरका सबै मतदाताका लागि उपयोगी हुन्छ ।