काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ज्येष्ठ सांसदका रूपमा निर्वाचित अर्जुननरसिंह केसी ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शीतल निवास मा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई शपथ गराएका हुन्।
नेपाली कांग्रेस बाट समानुपातिकतर्फ निर्वाचित केसीले आज शपथ लिएसँगै भोलि प्रतिनिधिसभाका अन्य २७४ जना सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ।