पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

राजनीतिक दलसम्बन्धी कार्यविधिविरुद्ध विपक्षी पार्टीहरु एक ठाउँमा

न्युज डेक्स २२ साउन २०८२, बिहिवार

काठमाडौँ। संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी पार्टीहरु राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२ विरुद्ध एक ठाउँमा उभिएका छन ।

विपक्षी दलले यसलाई संविधान विपरित भनेका छन । हिजो बसेको विपक्षी दलहरुको बैठकले कार्यविधिले दलमाथि नियन्त्रण गर्ने नियत राखेको ठहर गरेको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिले कांग्रेस र एमालेबाहेकका दलहरुलाई सक्ने योजना रहेको आरोप लगाउनु भयो । यसमा निर्वाचन आयोग पनि लागेको उनको आरोप छ ।

निर्वाचन आयोगले सचिव नेतृत्वको समितिले राजनीतिक दलहरुको मूल्याङ्कन, सञ्चालन, रेखदेख, निर्देशन गर्ने व्यवस्थासहित कार्यविधिको मस्यौदा तयार गरेको छ । यसले राजनीतिक पार्टीहरुलाई नियन्त्रण गर्ने भन्दै साना तथा विपक्षी दलहरु एक ठाउँमा उभिएका हुन ।

आयोगले राजनीतिक दल स्वमूल्याङकन कार्यविधि २०८२ को मस्यौदामा आजसम्म सुझाव तथा रायसल्लाह दिन सरोकारवालालाई भनेको छ ।

प्रस्तावित कार्यविधिमा राजनीतिक दलले आफ्नो आन्तरिक कार्यविधि व्यवस्थित गर्दै कामकारबाही पारदर्शी र जिम्मेवार बनाउन स्वमूल्याङ्कन गरी आयोगमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
20%
मन पर्‍यो
20%
मन परेन
40%
तटस्थ
20%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी