पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

काकडभिट्टाबाट दिक्तेल आउदै गरेको बस दुर्घटना : ३ जनाको मृत्यु, १६ घाइते

न्युज डेक्स २६ साउन २०८२, सोमवार

काकडभिट्टाबाट खोटाङको दिक्तेल आउँदै गरेको बस सुनसरीमा विङ्गरसङ ठोक्किँएर दुर्घटना हुँदा ३ जनाको मृत्यु १६ घाइते भएका छन् । 

 सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ स्थित जलुवाटोलमा  आज बिहान करिब ७ः१५ बजे  दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ ज ००४७ नम्बरको विङ्गर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत भने हुन सकेको छैन ।  घाइते १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १२ जनाको अवस्था मध्यम र १ जनाको सामान्य छ । घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
33%
मन पर्‍यो
0%
मन परेन
67%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी