पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

न्युज डेक्स २७ साउन २०८२, मङ्गलवार

समाचार सारांश
  • आज संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा (१:०० बजे) र राष्ट्रियसभा (१:१५ बजे)—को बैठक बस्नेछ।

  • बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ पेस गर्ने र विभिन्न विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत हुनेछन्।

  • दुवै सदनमा पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति श्रद्धाञ्जली अर्पण र शोक प्रस्ताव पेस गरिनेछ।

This summary was generated by AI and has been editorially reviewed.

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक आज अपराह्न १: ०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी, राष्ट्रियसभाको बैठक १: १५ मा बस्दैछ। आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।

संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी