पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

तामाकोशी नदीमा नुहाउने क्रममा एक वृद्ध बगेर बेपत्ता

न्युज डेक्स २७ साउन २०८२, मङ्गलवार

 तामाकोशी नदीमा नुहाउने क्रममा एक वृद्ध बगेर बेपत्ता भएका छन । मंगलबार(आज) बिहान करिब ११ बजेको समयमा रामेछापको सदरमुकाम मन्थली स्थित तामाकोशी नदीमा नुहाउने क्रममा बगेर वृद्ध बेपत्ता भएका हुन ।

मन्थली नगरपालिका वडा नं ७ का वर्ष ७५ का श्रीवंश शर्मा कँडेल नुहाउने क्रममा बगेर बेपत्ता भएको रामेछाप प्रहरीले जानकारी दिएको हो । प्रत्यक्षदर्शी एक वृद्धले तामाकोशी नदीले कँडेललाई केही अघिसम्म बगाएको देखेको बताएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
50%
मन पर्‍यो
50%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी