प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान हिमालय एयरलाइन्सको विशेष कूटनीतिक उडानमार्फत चीनको तिआन्जिन प्रस्थान गरे।
उहाँसँगै उनकी धर्मपत्नी राधिका शाक्य, दुई मन्त्री, आर्थिक सल्लाहकार युवराज खतिवडा तथा उच्च पदस्थ सरकारी अधिकारीहरूको टोली पनि गएको छ।
प्रतिनिधिमण्डलले तिआन्जिनमा कार्यक्रम सम्पन्न गरी सेप्टेम्बर ३, २०२५ मा बेइजिङ्ग हुँदै स्वदेश फर्कनेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योंग र उपाध्यक्ष विजय श्रेष्ठले प्रधानमन्त्रीलाई बिदाइ गरे।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान हिमालय एयरलाइन्सको विशेष कूटनीतिक उडानमार्फत जनवादी गणतन्त्र चीनको तिआन्जिन प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा लगायत उच्च पदस्थ सरकारी अधिकारीहरूको प्रतिनिधिमण्डल पनि चीन प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलले तिआन्जिनमा औपचारिक कार्यक्रम सम्पन्न गरी सेप्टेम्बर ३, २०२५ मा बेइजिङ्ग हुँदै हिमालय एयरबस ३२०–२१४ विमानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको तर्फबाट अध्यक्ष झो एन्योंग र उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले बिदाइ गरेको उक्त एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठले यस अवसरमा भने, “सरकार प्रमुखको औपचारिक भ्रमणको लागि विशेष उडान सञ्चालन गर्नु हिमालय एयरलाइन्सको लागि ठूलो गौरवको कुरा हो ।”