काठमाडौँबाट करिब साढे तीन घण्टा चन्द्रग्रहण देखिने छ । २०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।
शास्तीय मान्यता अनुसार ग्रहण लग्नु ९ घण्टा अगाडी सुतक लाग्ने भएकाले बाल, वृद्ध, आतुर, दीर्घरोगी बाहेक अरुलाई भोजन र शयन निषेध गरेको छ । चन्द्र ग्रहणको मेष, बृष, कन्या र धनु राशि भएकाहरुलाई शुभ र मिथुन, कर्कट, सिह, तुला, बृश्चिक, मकर, कुम्भ र मिन राशि भएका ब्यक्तिलाई अशुभ हुने मानिएको छ ।
यो चन्द्र ग्रहण यस वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने चन्द्र ग्रहणका रूपमा यस वर्षको यो पहिलो चन्द्र ग्रहण हो । नेपाल सहित युरोपको उत्तरपूर्वि भाग, एसियाका सम्पूर्ण देशहरू, अस्ट्रेलिया, उत्तरी अमेरिका लगायत एटलान्टीक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो चन्द्र ग्रहण देखिने बताइएको छ ।