काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ । राष्ट्रपति पौडेलले वर्तमान संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
शुक्रबार दिनभर जेन्जी लगायत सँगकोको वार्तामा सहमती भएपछि राष्ट्रपती पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको बताइएको छ । केही बेरमा कार्कीले पद तथा गोपनीयताको शपथ लिनु हुँदै छ ।