काठमाडौंः नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेपालको प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
शुक्रबार दिनभर जेन्जी लगायतसँगको वार्तामा सहमती भएपछि राष्ट्रपती पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । राष्ट्रपति पौडेलले वर्तमान संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधिस, मुख्यसचिव एकनारायण अर्याल, सुरक्षा निकायका प्रमुखहरु, उच्च पदस्थ सरकारी कर्मचारी, जेन्जीका प्रतिनिधिहरू, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्की सरकारले ६ महिना भित्र प्रतिनिधि सभाकाे निर्वाचन गराउने छ ।