काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐनको संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक आइतबार (आज) प्रमाणीकरण गर्नुभएको हो ।
सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको हो ।