पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

जेनजी प्रदर्शनबारे छानबिन गर्न पूर्वन्यायाधीश नेतृत्वमा जाँचबुझ आयोग गठन

न्युज डेक्स ५ असोज २०८२, आइतवार

काठमाडौं : सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउने निर्णय गरिएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन्।

उनका अनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग बनाइएको हो। समितिको सदस्यमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्। गृहमन्त्री अर्यालयका अनुसार समितिलाई ३ महिनाको समय तोकिएको छ। तीन महिनाभित्र समितिले जाँझबुझको प्रतिवेदन पेस गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु