काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको शपथसँगै आठ मन्त्री नियुक्त गरेर ७ जनालाई जिम्मेवारी तोकिएको छ ।
मुख्यमन्त्री इन्द्र बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ८ मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको हो । प्रदेश सरकारमा पहिलो चरणमा कांग्रेसबाट २ र एमालेका ६ मन्त्री नियुक्त गरेर जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री बानियाले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री जिम्मेवारी तोक्नुभएको छ । एमालकै जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री र भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री बनाइएको छ । एमालकै किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी दिइएको छ ।
कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी ऊर्जा तथा सिँचाइँमन्त्री र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री बनाइएको छ । प्रदेशमा रहेका अन्य ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफै मातहत राख्नुभएको छ ।