सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको हो ।
राजगढ २ का करिब ३६ वर्षीय लालु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका उनको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ज्यान गएको हो ।
सीमा नजिकबाट ठूलो परिमाणमा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाबमोजिम ‘सर्च अपरेसन’ चलाउँदा स्थानीयवासीले अवरोध गरेपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन केही राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।