पश्चिमको बबई नदीको बाढीले बर्दियामा खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ।
यस्तै पश्चिम राप्तीको बाढीले बाँके जिल्लामा पनि सतर्कताको तह पार गरेको छ । आज राती पश्चिम नेपालका धेरै ठाउँमा भारी वर्षा हुँदै छ । विशोष गरी लुम्बिनीका केही क्षेत्र, गण्डकीका केही क्षेत्र तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै ठाउँमा भारी वर्षा हुने जनाइएको छ ।
यता मधेश र बागमती प्रदेशका पनि केही क्षेत्रमा भारी वर्षा हुने छ।