पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

दलका प्रतिनिधि र सभामुखको छलफल सुरु

न्युज डेक्स २९ असोज २०८२, बुधवार

काठमाडौं । दलहरुले सभामुखमार्फत् संसद पुनःस्थापनाको कसरत सुरु गरेका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गरेर फागुन २१ गते निर्वाचन घोषणा भएका बेला दलहरुले पुरानै संसद ब्यूँताउन छलफल थालेका हुन् । 

हिजो मात्र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र संसद विघटनविरुद्ध १० वटा रिट परेका छन्। तर, अध्ययनकै क्रममा रहेकाले कुनैपनि रिट दर्ता भने भइसकेको छैन । माओवादी र रास्वपासहित तत्कालीन प्रतिपक्षी दलहरु निर्वाचनको पक्षमै रहे पनि कांग्रेस निर्वाचन र संसद पुनःस्थापना दुुबै स्वीकार्ने बताइरहेको छ । 

एमालेले भने सडकबाट समेत प्रतिवाद गर्ने बताइसकेको छ। यही बेलामा सभामुखको सक्रियता बढेको हो।  सभामुख घिमिरेले आज विघठित प्रतिनिधिसभामा राजनीतिक दलहरुसँग छलफल गरिरहेका छन् । बैठक केहीबेरअघि सिंहदरबारमा सुरु  भएको छ ।

छलफलमा कांग्रेस, एमाले माओवादी राप्रपा लगायतका प्रतिनिधि सहभागी हुँदा रास्वपा भने छलफलमा गएन। रास्वपाका नेता सन्तोष परियारले आफ्नो दल उपस्थित नभएको बताए । उनले पार्टीको सचिवालय बैठक भएकोले सहभागी नभएको स्पष्ट पारे। तर रास्वपा भने संसद विघटनको पक्षमै रहेकोले बैठकमा सहभागी नभएको बुझिएको छ । 

बैठकमा संसद विघटन भएको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको सहभागी नेताहरुले बताएका छन् । दलहरूसँगको छलफललगत्तै सभामुख घिमिरेले पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने तयारी गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु