पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न शिक्षा समितिको बैठक बस्दै

न्युज डेक्स २२ साउन २०८२, बिहिवार

काठमाडौँ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बोलाइएको छ।

आज दिउसो २ बजे बस्ने बैठकले बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। यस अघि पटक पटक बसेको बैठक अनिर्णित हुदा समिति निष्कर्षमा पुग्न सकेको थिएन।

यस अघि गत असर २२ गते नै समितिबाट विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो।

सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु