काठमाडौँ। प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल गोरखामा पक्राउ परेका छन् । गोरखा नगरपालिका -८ रानीवन आश्रमबाट मंगलबार दिउँसो २ बजे पक्राउ परेका हुन् ।
केही बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए । उनलाई मंगलबार नै काठमाडौं पठाउने प्रहरी उपरीक्षक विकले बताए।
माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका बेला उनी २३ असोजमा पक्राउ परेका थिए। अनुमति नलिई प्रदर्शनमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो भने त्यसपछि उनी गृहमन्त्री अर्यालविरुद्ध खरो टिप्पणी गर्दै आएका छन्।
माइतीघर मण्डलाबाट पक्राउ गरेपछि प्रहरीले उनले लागूऔषध सेवन गरेको–नगरेको समेत परीक्षण गरेको थियो। त्यस क्रममा उनले गाँजा सेवन गरेको पाइएपछि प्रहरीले सुधार गृहमा पठाएको थियो। तर, केही दिनपछि उनी झन् उग्र अभिव्यक्ति दिन थालेका थिए।