पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

तामाकोशी तेस्रो जलबिद्युत आयोजना निर्माण गर्ने टि थर्ड हाइड्रो कम्पनी संग सहमति

न्युज डेक्स २२ साउन २०८२, बिहिवार

काठमाडौ ।तामाकोशी तेस्रो जलबिद्युत आयोजना निर्माण हुने भएकाे छ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टको कम्पनी टी थर्ड हाइड्रो कम्पनी प्रालिले  ६ सय ५० मेगावाट विद्युत उत्पादन पुराउने गरि  तामाकोशी तेस्रो बनाउने  प्रतिबद्ता  जनाएको छ।

शुक्रबार  दाेलखाबाट संघिय सरकारमा प्रतिनिधित्व गर्ने  जनप्रतिनिधि,स्थानीय सरकार जनप्रतिनिध  र सराेकारवालाहरूकाे बाक्लो उपस्थितिमा टी थर्ड हाइड्रो कम्पनीका अध्यक्ष भवन भट्टले प्रतिबद्धता जाहेर गरेकाछन ।

अध्यक्ष भट्टले  आम नेपालीकाे भाग्य र भविष्य संग जाेडिएकाे जलशाययुक्त आयोजना सात बर्ष  भित्र निर्माण गर्न केही बिदेशी कम्पनी संग सहकार्य गरि सम्पन्न गर्ने  प्रतिबद्धता गरेका हन। 

तामाकोसी तेस्रो जलविद्युत आयोजना निमार्णमा सरकार कुम्भकर्णकाे निन्द्रा परेकाेले पुर्व सुचना,संचार तथा प्रविधि मन्त्री पार्वत गुरूङ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामा,नेपाली कांग्रेस दाेलखाका  पार्टी सभापति बर्मा लामाकाे विशेष पहलमा कम्पनी टी थर्ड हाइड्रो कम्पनी प्रालिका अध्यक्ष भट्ट लाई  दाेलखा सम्पुर्ण राजनैतिक दलका प्रमुख,दाेलखा माननीयहरू,स्थानीय सरकारका जनप्रतिनिध र सराेकारवालाहरूकाे माझ प्रतिबद्धता प्रस्तुत गर्न लगाईएकाेछ।

 

छलफलमा सहभागी अधिकांश बक्ताहरूले  टी थर्ड हाइड्रो कम्पनी प्रालिका अध्यक्ष भट्टलाई  लाइसेन्स लिई लामो समयसम्म आयोजना होल्ड गरेर बसेकोमा आक्रोस व्यक्त गरेका थिए । 

 

पुर्व मन्त्री पार्वत गुरूङले लाइसेन्स होल्ड गरेर तामाकोसी तेस्रो जलविद्युत आयोजना अनिर्णयको बन्दी बनाएकाे भन्दै  टी थर्ड हाइड्रो कम्पनी प्रालिका अध्यक्ष भट्टलाई  तत्काल ६सय ५०  मेगावाट बिधुत उत्पादन गर्ने गरि  आयोजना निर्माण गर्न सुझाव दिए ।उनले भने नागरिककाे अपेक्षा अनुसार आयाेजना अघि नबढाए तत्काल छाेड्न समेत चेतावनी दिए । दाेलखाली जनताकाे स्पष्ट बटमलाईन  यही हाे भन्दै गुरूङले गम्भीर भएर सुझाव दिएकाछन।

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टको कम्पनी टी थर्ड हाइड्रो कम्पनी प्रालिले तामाकोशी तेस्रो बनाउने भन्दै लाइसेन्स लिएको लामो समयसम्म आयोजना होल्ड गरेर बसेको कारण जति प्रतिबद्धता जाहेर गरेपनि आयोजना निर्माण हुन्छ भन्नेमा संका लागि रहेकाे नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाले बताए ।

भट्ट प्रती विश्वास छैन ,सच्चिएर आएकाे हाे भने आयाेजना निमार्ण  गर्न सुरू गरेपछि   मात्र तारिफ गराैला अनि कांग्रेसले सहयाेग पनि गर्नेछ लामा प्रष्ट पारे।

 

 नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामाले 

दोलखाका राजनीतिक दलदेखि नागरिक समाजसम्मले खोज्दा पनि प्रबर्धक कम्पनीका प्रमुख भवन भट्टलाई भेटन नसकेकाेले पुर्व मन्त्री पार्वत गुरूङ र आफूले उर्जामन्त्री गुहारेर कार्यक्रम आयोजना गर्न लगाएकाे  जानकारी दिए। ‘ लामाले भन्छन धेरै लामो समयसम्म खोजी गर्नमै बित्यो,  दोलखाली जनता र राजनैतिकदलहरुले तामाकोशी तेस्रोमा भइरहेको ढिलाईलाई सहने छैनन ,तामाकोशी तेस्रो ६ सय ५० मेगावाट क्षमताकै बन्नुपर्छ।

 

 प्रतिनिधिसभा सदस्य गंगा कार्कीले  ६ सय ५० मेगावाट क्षमताको नबनाउने हो भने प्रबर्धन कम्पनी सिन्धुपाल्चोक र दोलखाको बोर्डर मुडे कटेर नआउने चेतावनी दिए ।दाेलखाली नागरिकलाई खेलाैना नसम्झिन  प्रबर्धन कम्पनीका प्रतिनिधिलाई चेतावनी दिए ‘लाइसेन्स होल्ड गरेर गर्नुसम्मको अपराध गरिसक्नु भयो। अव तत्कालै अघि नबढाउने र पूर्ण क्षमताको ६ सय ५० मेगावाट बनाउने हो भने  मुढे कटेर दोलखातिर नआए हुन्छ घुमाउरो भाषामा कार्कीले भने । 

नेकपा एमालेका पाेलिटब्युराे सदस्य एवम पूर्वमन्त्री आनन्द पोखरेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टको कम्पनी टी थर्ड हाइड्रो कम्पनी प्रालिले दाेलखाली जनता माथी अन्याय  गरेकाे दाबि गरे ।टी थर्ड हाइड्रो कम्पनीले 

 जलमाफियाकाे भुमिका  मात्र निर्वाह गरेकाे पाेखरेलकाे गहकिलो तर्क थियोे ।लाईन्स लिदा भवन भट्टकाे कम्पनीले  तत्कालीन माओवादीका मन्त्रीलाई पैसा खुवाएकाे समेत पाेखरेलले आराेप लगाए। राष्ट्रिय स्वतन्त्र पार्टी दाेलखाका नेता जगदीश खरेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टको कम्पनी टी थर्ड हाइड्रो कम्पनी प्रालिले अहिले पनि बिदेशी कम्पनीलाई आयोजना बेची सकेको आराेप लगाएकाछन। ६ सय ५०  मेगावाट नबनाउन चाईनाबाट हिम तालफुट भन्दै मनगडन्ते खतरा देखाई दाेलखालीजनतालाई  तर्साउनु खाेजेकाे खरेलले दाबि गरे ।तामाकोसी तेस्रो जलविद्युत आयोजना जनताकाे मेनडेट अनुसार बन्छ,बिचाैलियाकाे ईसारामा हाेईन ,जनता जनार्दन हुन त्यसकाे नेतृत्व रासपाले गर्नेछ कार्यक्रमलाई सम्बाेधन गर्दै  नेता खरेलले भने । 

दोलखाका सवै राजनीतिक दलका नेता, स्थानीय तहका प्रमुखसहित नागरिक समाजका अगुवाहरुसम्मको सहभागिता रहेको छलफलमा सवैजसोले आयोजना थप ढिलाइ गर्ने कुरा र क्षमता घटाउने कुरा सोच्न पनि नसिकिने साझा धारणा राखेका थिए।

कार्यक्रमकाे सुरूमा प्रबर्धक कम्पनीका अध्यक्ष भवन भट्ट र प्रबन्ध निर्देशक गोरे लामाले  ३ सय ९७ मेगावाट क्षमताभन्दा माथि जान नसकिने बताए पनि  अन्तिममा  दोलखाको तर्फबाट बटमलाइन अनुसार बनाउन थप प्रविधिककाे टाेली परिचालन गर्ने प्रतिबद्धता जाहेर गरेकाछन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी